अन्तराष्ट्रिय पर्वत समाजको अधिबेशन मल्लाजमा सम्पन्न, अध्यक्षमा गुणराज शर्मा ‘गुँराश’

पर्वत, २८ असोज । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्मा ‘गुँराश’को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । शर्मा हाल स्विटरजरल्याण्डमा बसोबास गर्नुहुन्छ । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ ।बरिस्ठ उपाध्यक्षमा दधी आचार्य (बेलायत), उपाध्यक्षहरुमा क्रमश ः श्री बाबुराम शर्मा (अमेरिका), शेषराज तिमिल्सिना (कतार), मणि प्रसाद भुर्तेल (युएई), सुभाष लामिछाने (जापान), महिला उपाध्यक्षमा संगिता कार्की कुँवर (दक्षिण कोरिया), चयन हुनुभएको छ । महासचिवमा प्रकाश पौडेल (बेल्जियम) चयन हुनुभयो । सचिवमा क्रमश कमल लामिछाने (युएई), रुद्रमणी लम्साल (वेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (दक्षिण कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) रहनुभएको छ । कोषाध्यक्षमा तिलक सापकोटा (युएई ), क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका सम्योजकमा रबिन शर्मा चुनिनुभएको छ । समाजको सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी (जापान), सेवक वि.क. (कतार), विकास लामिछाने (कतार), नन्दलाल वि.क (कतार) र विनोद जिसी (स्विजरल्यान्ड), नेपाल प्रतिनिधि मुना भूसाल रहनुभएको छ ।निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गदै अन्तराष्ट्रिय पर्वत समाजका निर्वतमान अध्यक्ष झलक केसीले संस्थाको विधि र विधानमा रहेर पर्वत जिल्लालाई समृद्धिको मार्गचित्रमा जोड्न आग्रह गर्नुभयो । उहाँले आफ्नो दुई बर्षिय कार्यकाल सफल रहेको बताउँदै सहयोग गर्ने सम्पूणर् सहयोगदाताहरुलाई धन्यवाद दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज