कुश्मा ,पर्वत
पर्वत जिल्लाको पहिचानको रुपमा रहेको सदरमुकाम कुश्मामा अवस्थित गुप्तेश्वर गुफा लाई नेपालकै उत्कृष्ठ धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा बिकास गर्ने तयारी भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय गुफा कुश्मा बजारदेखि करिब पाँच सय मिटरको दुरीमा र कालीगण्डकी नदी देखि करिब दुई सय मिटरको दूरीमा रहेको छ ।
झन्डै ९० वर्ष अगाडि पत्ता लागेको ‘गुप्तेश्वर गुफा’ पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका-४ मा पर्छ । वि.सं. २०१५ सालमा राजा महेन्द्रबाट उक्त गुफाको दर्शन गरेपछि गुप्तेश्वर गुफा लाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न थालिएको हो ।
पर्यटकीय केन्द्रको रुपमा बिकास गर्नका लागी गुप्तेश्वर बिकास गुरुयोजना समेत निर्माण गरि गुप्तेश्वरको गुफाको संरक्षण तथा निर्माण कार्य शुरु गरिएको छ । अहिले गुप्तेश्वर गुफा परिषरमा बाटो , भवन साथै विभिन्न किसिमका संरचनाको निर्माण भैरहेको छ ।
पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ।
नेपालकै सबैभन्दा लामो गुफाको रूपमा दाबी हुँदै आएको गुफाभित्र पानी रसाइरहेको हुन्छ। बर्षौँ पुराना चट्टानहरू खिएर विभिन्न देवी देवताका आकृतिहरू जस्तै देखिन्छन्।
वि.सं. १९९१ साल चैत ६ गते स्थानीय रणबहादुर कार्की लगायतका व्यक्तिहरूले गुफा पत्ता लगाएपछि यसको नाम ‘भालु दुलो’ रह्यो। गुफा एकान्त र खोँचमा गुप्त रहेकोले पछि ‘गुप्तेश्वर गुफा’ भनी बोलाउन थालियो। सत्ययुगमा भगवान शिव गुप्त रहेको स्थलको रूपमा मानेर पनि यसको नाम ‘गुप्तेश्वर महादेव गुफा’ नामकरण भयो। किंवदन्ती अनुसार महादेव र पार्वतीबिच विवाह भएपछि दुवै जना केही समय यही गुफामा गुप्त बास बसेकोले यो गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भनिएको भन्ने पनि छ ।
सोही धार्मिक विश्वासका साथ महााशिवरात्री, बाला चतुर्दशी, श्री स्वस्थानी ब्रतकथा अवधि, राम नवमी अन्य हरेक चाडपर्वको साथै प्रत्येक एकादशी र सोमवारका दिन गुफामा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
भिडियोमा पनि हेर्न सकिन्छ l…….
https://www.facebook.com/100082378014538/videos/1069040834458701