रुकुम पश्चिम, १३ मंसिर
कार्तिकमा गएको भुकम्पका कारण ठुलो क्षति भएको जाजारकोट र रुकुम पश्चिममा राहात बितरण सगैँ अस्थायी आवास निर्माण कार्य धमाधम भैरहेको छ । सोही क्रममा पर्वत बाट रुकुम पश्चिम पुगेको युवा संघ पर्वतको ६ जनाको टोलिले करिव २५ वटा अस्थायी आवास निर्माण गरेका छन् । पर्वतबाट मंंसिर २ गते प्रभावित क्षेत्र पुगेको युवासंघ पर्वतको स्वयमसेवक टोलिले मंसिर १३ गते सम्ममा २५ अस्थायी आवास निर्माण गरि स्थानियलाई हस्तान्तरण गरेको युवा संघ पर्वतका सचिव एवम् टोलिको नेतृत्व गरेका प्रकाश थकालीले बताउनुभयो ।

कार्तिक १७ गते गएको बिनासकारी भुकम्पका कारण धनजनको क्षति ब्यहोरेको जाजारकोट र रुकुम पश्चिममा अहिले राहात बितरण र अस्थायी आवास निर्माणको काम भैरहेको छ । थकालीले भन्नुभयो, ‘यहाँ जता गयो त्यतै बेहालको स्थीति छ । बिजुली छैन् । पिउने पानी लिन समेत ३ घण्टाको यात्रा गर्नु्पर्ने अवस्था छ ।’ थकालीका अनुसार सो प्रभावित क्षेत्रमा चिसो मौसम सुरु भएसगैँ आफुहरु लगायत त्यहाँका बासिन्दाहरु समेत बिरामी पर्न सक्ने खतरारहेको जानाकारी दिनुभयो ।
सचिव थकालीका अनुसार आफुहरु अझै केहिदिन सो क्षेत्रमा बस्ने र जतिसक्दो धेरै अस्थायी आवास निर्माण गरेर स्थानियलाई चिसो बाट बचाउन प्रयास गर्ने बताउनुभयो । सरकारले बिजुली र पानिको तत्काल व्यवस्था गरिदिए राम्रो हुने स्थानीयको अपेक्षा छ । देशका बिभिन्न क्षेत्रबाट समाजसेवी,अधिकारकर्मि र बिभिन्न राजनैतिक दलका नेताहरु र दलका संघसङ्गठनहरु भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । अहिलेपनि कतिपय टिकटकर चलचित्र निर्माता लगायत बिभिन्न चर्चित ब्यक्तिहरु सो क्षेत्रमा पुगेर सहयोगी हातहरु फैलाएका छन् ।
