सीवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्र पर्वतको साधारणसभा सम्पन्न

मंसिर १०,पर्वत

सीवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्र पर्वतको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । वार्षिक साधारणसभामा वार्षिक प्रगति आर्थिक प्रतिबेदन लगायत पेश भएको छ । उक्त कार्यक्रममा सहकारीका वर्तमान समस्या र सरकारी नीतिका बारेमा बक्ताहरुले चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीमा आर्थिक संकटको कारण समस्या भैरहेको अवस्थामा सीवाईसी सहकारीले समस्याहरुको समाधान गर्दै ग्राहकको सेवा गरिरहेको सञ्चालकहरुले बताए । प्रमुख अतिथी सीवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डीप्रसाद शर्माले सीवाईसी सहकारीले सरकारी नीति तथा सहकारी ऐनको परिधीमा रहेर कार्य गर्दै आईरहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरि राज्यले समाधानको उपाय खोजि गर्नुपर्ने पनि बताउनुभयो ।
सीवाईसी सहकारीले सेवाग्राहीलाई सहज हुने किसिमले नयाँ नयाँ स्किमहरु समेत सञ्चालन गरेको र बैँकले दिने सेवा जस्तै आफ्नो सहकारीले सेवा दिएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा असल सेयर सदस्य हरिश्चन्द्र सापकोटा, असल वचतकर्ता घनश्याम शर्मा लामिछाने, नीरज अर्याल, असल वाल वचतकर्ता कृशल पौडेल, उत्कृष्ठ ऋणि उद्यमी अजय पोखरेल, असल कारोबारी प्रतिमा शर्मा पराजुली, सुन्तली श्रेष्ठ, कमल आचार्य, अजय पोखरेल लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष लोकनाथ आचार्य, शेयर सदस्यहरु सीता काफ्ले लामिछाने, मोहन आचार्य, सम्मानित सदस्य हरिश्चन्द्र सापकोटा, परामर्शदाता माधवप्रसाद शर्मा, कुश्मा नगरपालिकाको सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा, कुशमा नगरपालिका ९ कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम गुप्तेश्वर शाखाका संयोजक किशोर भण्डारीको अध्यक्षतामा भएको थियो भने स्वागत सेवा केन्द्र सह संयोजक ईश्वरीप्रसाद शर्माले गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र पौडेल, केन्द्रको प्रतिबेदन केन्द्र प्रमुख बालकुमारी आचार्यले पेश गनर््ुभएको थियो ।
आर्थिक प्रतिबेदन कोषाध्यक्ष अनिता सापकोटा चापागाईले र वार्षिक प्रतिबेदन सचिव सुरेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो । सीवाइसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्रमा कुल शेयर पूँजी ३ करोड १३ लाख ४२ हजार ४ सय रहेको छ । सहकारीमा लगान ४ करोड २१ लाख ७६ हजार ७६, बचत ३ करोड २ लाख १४ हजार ९ सय ८५ रहको छ भने १ हजार १ सय ७१ जना शेयर सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज