नेकपा माओवादीको केन्द्रको तेस्रो नगर अधिवेसशनबाट अध्यक्षमा मिनराज के.सी

 

पर्वत

नेकपा (माओवादी केन्द्र) कुश्मा नगरपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा मीनराज के.सी अविरल सर्वसम्मत भएका छन् ।
कुश्मामा सम्पन्न भएको अधिवेशनले ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत रूपमा केसि लाई चयन गरेको हो । समितिको उपाध्यक्षमा भिमबहादुर नेपाली, जमुना अधिकारी र देवी प्रसाद अधिकारी, सचिवमा राम अधिकारी, सहसचिवमा बलराम पौडेल, कोषाध्यक्षमा अभिलास गिरी चयन भएका छन् । यस्तै सदस्यहरूमा निशा विश्वकर्मा, लक्ष्मण बि.क., रामकृष्ण वैरागी, शैलेन्द्र श्रेष्ठ, खुमबहादुर सुनार, देवराज रेग्मी, निरबहादुर बि.क., कमला परियार, भिमबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, कुमार परियार, लक्ष्मण जि.सी, इन्द्रप्रसाद श्रेष्ठ, विक्रम ढुङ्गाना, देउकाजी रायमाझी, भविन्द्र गिरी, शुक्रराज शर्मा, राममाया नेपाली, रमेश भण्डारी, टिकाराम पोख्रेल, आनन्द अधिकारी, भुवनबहादुर नेपाली र विनीता अधिकारी चयन भएका छन् ।
निर्वाचित भएका केसि १४ बर्षको उमेर देखि नै राजनीतिमा लागेका थिए । उनी क्रान्तिकारी साधारण सदस्य हुदै पार्टी सदस्य , ईलाका सदस्य ,वाइसिएल जिल्ला सदस्य सचिवालय सदस्य, वाइससिएल भ्याली इन्चार्ज,पार्टी जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य जिल्ला अध्यक्ष,पार्टी जिल्ला सचिवालय सदस्य,नेकपा माओवादी केन्द्रको नगर सचीव,नेकपा माओवादी केन्द्रको नगर उपाध्यक्ष हुदै हाल कुश्मा नगरपालिकाको नगर अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित भएसगैँ उनले नगरमा पार्टिलाई थप सशक्त बनाएर लैजाने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज