अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू स्वदेशफिर्ता गरिदैँ

काठमाडौं, २१ फागुन । अवैध रूपमा अमेरिका बस्दै आएका १० जना नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौं आउँदैछ । अमेरिकी चार्टर जहाज बिहान १० बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने घोषणा गरेका थिए । उनले आफ्नो चुनावी अभियानमै पनि अवैध आप्रवासीहरूलाई फिर्ता पठाउने घोषणा गरेका थिए ।

अमेरिकाले पहिलो चरणमा विभिन्न देशका साढे १४ लाख आप्रवासीलाई देश निकाला गर्ने जनाएको छ । यसमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।यस अघि पनि अवैधरुपमा अमेरिका बस्दै आएका नेपालीलाई विमान चार्टर गरेर नेपाल फर्काइएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज