जेम्सीको धमाका रोमानिया बुकारेस्टमा

रोमानिया, साउन २६

– नेपाल एकता समाज रोमानिया र Eye Poppers को संयुक्त आयोजनामा आउँदो २०२५ सेप्टेम्बर ७ मा रोमानियाको बुकारेस्टमा भव्य सांगीतिक साँझ हुने भएको छ। कार्यक्रमको मुख्य आकर्षण लोकप्रिय गायक जेम्सी रहनेछन्।

कार्यक्रमले रोमानियामा रहेका नेपालीलाई आपसी एकता र सद्भावमा जोड्ने उद्देश्य राखेको छ। संकलित रकम संस्थाका सामाजिक कार्य र आवश्यकता अनुसार नेपालीहरुलाई सहयोगमा प्रयोग गरिनेछ।

नेपाल एकता समाजका अध्यक्ष सागर क्षेत्रीका अनुसार, यो संस्था जात, लिङ्ग वा क्षेत्रको भेदभाव नगरी सम्पूर्ण नेपालीको हितमा काम गर्ने उद्देश्यका साथ अघि बढेको हो। गत महिना संस्थाले गायक पूर्ण राईको सांगीतिक साँझ सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

आयोजकका अनुसार कार्यक्रममा सांगीतिक प्रस्तुति, लोकदोहोरी र नृत्य समेत रहनेछ र करिब ९०० भन्दा बढी दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको सह- सचीव सरोज खनालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

ताजा न्यूज