पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रूपमा साउन ३१ गते शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीमा बिहान ११ बजेबाट बृहत रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।
२०८२ जेठमा दर्ता भएको यस समाजले काठमाडौं तथा विदेशमा रहेका पर्वतबासीलाई एकताको सूत्रमा बाँध्ने उद्देश्य राखेको छ। अध्यक्ष गणेश शर्मा र महासचिव टिकाराम कार्कीले सम्पूर्ण पर्वतबासी र इच्छुक रक्तदातालाई कार्यक्रममा सहभागी भई सदस्य बन्न आह्वान गरेका छन्।
समाजले पर्वत जिल्लाको विकास, संस्कृति जगेर्ना र आपसी सहयोगलाई प्रवर्द्धन गर्दै सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्ने जनाएको छ। यसको बिषयमा थप जानकारी….


