पोखरा, कास्की – लामो समयदेखि सामाजिक कार्यमा सक्रिय देउपुर पोखरा सम्पर्क समाज आइतबार कास्की जिल्ला प्रशासन कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको छ।
समाजको नयाँ कार्यसमितिमा तारा प्रसाद तिवारी अध्यक्ष, समीक्षा तिमिल्सीना उपाध्यक्ष, ज्ञानेन्द्र प्रसाद चपाई सचिव, प्रेमप्रसाद चापागाईं कोषाध्यक्ष र गोकुल शर्मा सहसचिव चयन भएका छन्। सदस्यहरूमा सुनिता शर्मा, सारदा शर्मा, लक्ष्मण शर्मा, नारनदत्त शर्मा, शोभाराम पोख्रेल र पवित्रा कार्की छन्। सल्लाहकारमा केशव चापागाईं, नन्दप्रसाद शर्मा, रामकृष्ण गिरी र बलभद्र शर्मा रहेका छन्।
समाजले भदौ ४ गते बुधबार पोखरा प्रर्स्याङस्थित ताज महलमा देउपुरवासीका लागि दरखाने तथा भेटघाट कार्यक्रम आयोजना गर्ने जनाएको छ।
