पर्वत जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने सिसाठाँटी मल्याङ्दी खोलाको मोटरेबल पुल दुई वर्षदेखि अलपत्र परेको छ। २०८१ असारमा सम्झौता भई २०८२ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुल हालसम्म २५ प्रतिशत पनि निर्माण हुन सकेको छैन।
२ करोड ५० लाखभन्दा बढी लागतमा सुरु भएको निर्माण कार्य ढिलाइ हुँदा स्थानीयवासी पहिरो र बाढीको जोखिममा परेका छन्। पुलको जग खनेर छोडिएको कारण आसपासका बस्ती जोखिममा रहेको उनीहरूको गुनासो छ। समयमै काम नसकिँदा खोला वारपार गर्न र दैनिक गतिविधिमा समेत समस्या भएको छ।
निर्माण कम्पनीले भने निर्माण सामग्रीको मूल्य वृद्धि भएको कारण काममा ढिलाइ भएको जनाएको छ। स्थानीयले प्रशासन र सम्बन्धित निकायमा गुनासो गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताएका छन्।
