च्याउ खादा बस्नेतको ज्यान गयो

सल्यान –

सल्यानमा विषालु जङ्गली च्याउ खाँदा दीर्घ बस्नेतको ४ वर्षीया छोरी जोशना बस्नेत को ज्यान गएको छ ।

जिल्लाको शारदा नगरपालिका-४ साईलाकम्द निवासि  बस्नेतको ज्यान गएको हो ।

बस्नेतको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

शुक्रबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा दीर्घ बस्नेतको घरका चाजना (श्रीमती र छोराछोरी) बिरामी भएका हुन् ।

बिरामी पर्नेहरुमा बस्नेतको ४० वर्षीया श्रीमती मीना, २५ वर्षीया छोरी पवित्रा र ९ वर्षीय छोरा जोन बस्नेत रहेको प्रहरीले जनाएको छ ।

सुरुमा घरका चारै जना बिरामी भएपछि शनिबार बिहान उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो ।

बिरामीको असस्था जटिल भएपछि जोशना र जोनलाई थप उपचारको लागि सुर्खेत रिफर गरिएको थियो । तर उपचारको क्रममा जाेशनाकाे ज्यान गयाे  l

त्यस्तै जाेनकाे स्वास्थ्य अवस्थामा सुधार भैरहेको बताइएको छ ।

बिरामी अवस्थामा रहेकी आमाछोरी मीना र पवित्रालाई पनि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको सल्यान प्रहरीले जनाएको छ ।   unn.com.np

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज