कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरेपछि नेपाल विरुद्ध अनर्गल प्रचार र नेपाली नेताहरुमाथी गाली गलौज गर्ने रिपब्लिक भारत टेलिभिजनका पत्रकार अर्नव गोस्वमीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा १४ दिन न्ययिक हिरासतमा पठाइएको छ । अर्नव गोस्वामी सहित अन्य दुई जनालाई गएराती मुम्बई अदालतले अनुसन्धानका लगि १४ दिन न्ययिक हिरासतमा पठाउने आदेश जारी गरेको हो ।
गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् । सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।
रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइक सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले ५.० करोड भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।
सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।