सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने बताउँछन्।
उनी भन्छन्,” परीक्षण कम हुने गरेकोले अबका दुई /तीन दिन कम देखिन सक्छ। त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ।”
“आउँदा केही दिनमा दैनिक आठ/दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन्, “उनले थपे।
नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी यही लहर नै घातक हुन सक्ने बताउँछन्।
आउँदा दिनमा राज्य र नागरिक दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने डा. सुवेदीको सुझाव छ।
उनी भन्छन्, ‘आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भने सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउनुपर्ने हुन्छ।’