हाम्राेप्रयास । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी गराएका छन्।
‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’, भट्टराईले ट्वविटमा लेखेका छन्। उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ‘होम आइसोलेसन’मा नै रहेको उल्लेख गरेका छन्। ‘केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ’, उनले लेखेका छन्।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020