बर्दियामा एकैदिन दुई बिओपी स्थापना

हाम्राेप्रयास । 

बर्दियामा दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको हो ।

शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले उद्घाटन गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मीनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज