हाम्राेप्रयास । जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।
स्थानीय नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घरमा फैलिएको थियो ।
आगलागीबाट ती घरहरु पुर्ण रुपमा जलेका छन् । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुना सवै जलेको स्थानीय निरज केसीले जानकारी दिए ।
आगलागी कसरी भयो भन्ने कुरा नखुलेको उनले बताए ।