हाम्राेप्रयास । यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत मुम्बई इण्डिन्सविरुद्ध राजस्थान रोयल्स ८ विकेटले विजयी भएको छ । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
उसका लागि बेन स्टोक्सले शतक बनाए । उनले ६० बलमा २ छक्का र १४ चौकासहित नटआउट १०७ रको योगदान दिए । स्टोक्सको यो टी-२० करियरकै उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले टी-२० मा अविजित १०३ रन बनाएका थिए । त्यस्तै, सञ्जु सामसनले ३१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५४ रन बनाए ।
त्यस्तै, रोबिन उथप्पा १३ र कप्तान स्टिभ स्मिथ ११ रनमा आउट भए । बलिङमा मुम्बई इण्डियन्सका जेम्स प्याटिन्सले २ विकेट लिए । यसअघि टस जितेर याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनायो ।
उसका लागि हार्दिक पाण्ड्याले शानदार ब्याटिङ गरे । उनले २१ बलमा ७ छक्का र एक चौकासहित अविजित ६० रन बनाए । त्यस्तै, सूर्यकुमार यादवले ४०, इशान किशनले ३७, सौरभ तिवारीले ३४ रनको योगदान दिए । बलिङमा राजस्थानका जोफ्रा आर्चर, श्रेयस गोपालले २/२ र कार्तिक त्यागीले एक विकेट लिए । जारी सिजनमा राजस्थानको यो चौथो जित हो । उसले १२ म्याच खेल्दा ७ म्याचमा हारको सामना गरेको छ ।
मुम्बईको यो चौथो हार हो । उसले ११ खेलमा ७ म्याचमा जित हासिल गरेको छ । र, मुम्बई १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।