वडाध्यक्षको कार्यकक्षमा नै निधन

चैत ७ सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्क घातका कारण उहाँको निधन भएको हो ।

बेहोस भएका लामालाई कपिला कोट स्वास्थ्य चौकीमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानीराज बमजनले जानकारी दिनुभयो । लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमानदार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बमजनले बताउनुभयो ।

लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुनुहुन्थ्यो । लामाका बुबा, आमा, श्रीमती र पाँच छोरा हुनुहुन्छ ।

रेडियो नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज