टिम नेपो पर्वतले आयोजना गरेको दुई दिने शिविर सम्पन्न

पर्वत,२६
टिम नेपो पर्वतको आयोजनामा संचालन गरिएको दुई दिनको शिविर बिरामीको स्वास्थ्य परिक्षण गरेर सम्पन्न भएको छ । चैत्र २५र २६ गते संचालन भएको शिविरमा ६७५ जना बिरामीले आफ्नो स्वास्थ्य परिक्षण गराएका टिम नेपो पर्वतका अध्यक्ष  अन्जली पौडेलले जानाकारी दिनुभयो । धेरैजसो नसा तथा हाड जोर्नी र छाला संम्बन्धि रोगहरु भएका बिरामी आफ्नो स्वास्थ्य परिक्षण गराएका पौडेलले बताउनुभयो ।


संचालीत शिबिरमा जटिल किसिमको रोगहरु रहेको बिरामी लाई वार्ड र नगरपालिका मार्फत समन्वय गरेर उपाचार गर्न सुझाव दिएको टिम नेपो पर्वतले जनाएको छ । आफुहरुलाई यस्ता खालका शिविरले निकै ठुलो सहयोग पुगेको र अवका दिनमा आखाँ सम्बन्धी शिबिर संचालन गर्न समेत स्थानियले सुझाव दिदै खुसि ब्यक्त गरेका थिए ।
यो शिबिर टिम नेपो पर्वत , बि.पी स्मृति स्वास्थ्य प्रतिष्ठान आयोजना  र वि.पी स्मृति अस्पताल, पर्वत जिल्ला  अस्पताल,काठमाण्डौ को संयुक्त आयोजना र कुश्मा नगरपालिकाको समन्वयमा संचालन भएको थियो । संचालीत शिविरलाई सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पुर्ण टिमका सदस्य, डक्टर लगायत विभिन्न संघ सस्थालाई धन्यवाद अध्यक्ष  पौडेलले दिनुभएको थियो ।
समापन समारोहमा सोही वार्डका अध्यक्षको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्धाटन समारोहको संचालन टिम नेपो पर्वतका प्रमोद शर्मा उपाध्याय र समापन कार्यक्रमको अध्यक्ष   पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज