पर्वतमा आउदाँ पनि गठबन्धनको सातो गएको होला ः केपी ओली

चैत २६,पर्वत


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु पर्वत आउदा पनि पाँच दलिय गठबन्धनको सातो गएको हुन सक्ने बताउनुभएको छ ।
नेकपा एमाले पर्वतको आयोजनामा सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आमसभालाई शनिबार सम्बोधन गर्दै ओलीले देशै भर अहिले एमालेमा प्रवेश गर्ने जनलहर भएको र पार्टी प्रतिको आकर्षण देखेर बर्तमान गठबन्धनको सातो गएको बताउनु भएको हो । एमालेमा देखिएको क्रेज , उत्साह र उमंगले बाडीचुडी खाउँला भनेर जन्मिएका पाँच भाइहरुको सातो गएको बताउनुभयो ।
केही वर्ष अगाडि आफूले गरेको भाषणमा जोडिएको अरिङ्गालको प्रसङ्ग जोड्दै आउँदो स्थानीय तहको निर्वाचनमा अरिङ्गालको गोलोको शक्ति र एमाले भनेको के हो ? भन्ने कुरा देखिने दाबी उहाँले गर्नुभएको छ । एमालेको गोलो अरिङ्गालको गोलो भन्दा पनि भयानक भएकाले एमालेसँग नखेल्न चेतावनी दिनुभएको छ ।

‘अरिङ्गालले त गोलो चलाउँदा त टोक्छ भने, एमालेको गोलो चलाउँदा के होला ? अब चुनावमा थाहा पाउँछन्, अरिङ्गाल भनेको के हो ? एमाले भनेको हो ?’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले साम्प्रदायिक पार्टी होइन, जातका कुरा गरेर भड्काउँदै हिँड्दैन । एमाले सारा जनताको साझा पार्टी हो, स्थानीय तहको बिकास हुनको लागी एमालेले जित्नुपर्छ ।’
निहित स्वार्थका लागि पार्टी फुटाएकाहरूले पार्टीलाई सिद्ध्याउने प्रयास भइरहेको बेलामा कार्यकर्ताले नै जोगाएको भन्दै ओलिले सबै जन समुदायलाई धन्यवाद दिदै एमालेमा समाहित हुन आह्वान पनि गर्नुभएको थियो ।


गठबन्धनले देशको बिकाश होइन आफुहरु मिलेर खाने र आफ्नालाई पोस्ने बाहेक केही गरेन् । जनताका अधिकार खोसेर आफन्तलाई पद दिनको लागि बनेको गठबन्धन रहेको आरोप ओलीको छ । गभर्नर आफ्नो नभएका कारण निलम्बन गर्छन्, आफ्ना भाइ, साढुभाई, आफन्तलाई पद दिएका छन्,’ अध्यक्ष ओलीका अनुसार देशका सम्पुर्ण जनताले बाडेर खाएको पनि देखिसके ।
आफ्नो नेतृत्वको सरकारले लिम्पियाधुरा ,लिपुलेक समेटेर ,जारी गरेको चुच्चे नक्सा प्रयोग गर्न गठबन्धनका नेताहरू डराएको पनि उहाँको भनाई छ । एमालेलाई जिताउन सबैले सङ्कल्प गरेको भन्दै उहाँले स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
एमालेलाई पराजित गर्न सक्ने कोही पनि नभएको र भत्काउन सक्ने क्षमता कसैमा नरहेको ओलीको भनाई छ । जनताको लहर यसरी आएको छ की गठबन्धनको चौटाहरू वरपर छिरलिने छन्,’ अध्यक्ष ओली भन्नुहुन्छ, ‘ घरमै आएर पार्टीमा प्रवेश गर्नेहरूले बिहान बेलुका फुर्सद नै छैन । जहाँ गयो उहीँ सयौँ देखि हजारौँ सम्म टिको लगाउनेको जमात छ । यो देखेर बाडिचुडि खाने गठबन्धन भाइहरुको सातो गएको छ ।’ओली भन्नुहुन्छ पर्वतको बिकास हुन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माणको जिम्मा पनि एमालेकै भएको बताउदै मै बनाउछु मेरो वाड , मै बनाउछु मेरो नगर र मै बनाउछु मेरो देश यही संकल्पका साथ हामी अगाडी बढ्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज