मोदी गाउँपालिकाको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक

पर्वत-

पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमवार गाउँपालिकाको सभाहलमा आयोजित मोदी गाउँसभाको १५ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरिएको हो । अधिवेशनमा उपाध्यक्ष बिमल लामिछानेले आगामी आर्थिक वर्षका लागि रु. ५८ करोड ४९ लाख ८८ हजार ५० रुपैया बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
पालिकाले ससर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानलाई यथावत राखि अन्य श्रोतवाट अनुमानित आय रु. २४ करोड ७३ लाख ६८ हार ५ सय ५० लाई विभिन्न शिर्षकमा बिनीयोजन गरेको छ । जसमध्ये चालु खर्चको लागि रु. ८ करोड ४९ लाख ४४ हजार, र पुँजीगत तर्फ रु. १६ करोड, २४ लाख ५ सय ५० रुपैया बिनीयोजन गरेको छ ।
प्रस्तुत बजेट अनुसार वित्तिय समानीकरण संघीय सरकारवाछ ९ करोड ६० लाख, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारवाट एक करोड १५ लाख ६९ हजार, राजश्व बाँडफाँड संघीय सरकारवाट रु. ७ करोड ३५ लाख,५७ हजार चार सय २४, प्रदेश सरकारवाट एक करोड १५ लाख ६९ हजार, समपुरक अनुदान २ करोड ८५ लाख, प्रदेश सरकार अन्तर्गत समपुरक अनुदान ६० लाख, प्रदेश सरकारकै विशेष अनुदान ४० लाख र आन्तरिक राजश्व चार करोड, ३४ लाख ६५ हजार आठ सय ७३ उठ्ने लक्ष राखिएको छ । त्यस्तै रोयल्टी मार्फत एक करोड ६६ लाख सात हजार दुई सय, सशर्त अनुदान २९ करोड ९१ लाख १९ हजार पाँच सय रुपैया आम्दानी हुने लक्ष राखिएको छ ।
उक्त बजेट पालिकाको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कषि तथा पशु, लघु उद्यम,पुर्वाधार विकास, वन तथा वातावरण, संस्थागत विकास , न्यायिक समिति लगायतका क्षेत्रमा बिनीयोजन गरिएको छ ।
मोदीले पुर्वाधार तर्फको बजेट केहि पुराना योजनाको भुक्तानी र केही नयाँ योजनामा बिनीयोजन गरेको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । सडक, भवन, खानेपानी, सरसफाई तथा मर्मत सम्भार, विद्यालय लगायतका क्षेत्रमा पुर्वाधारको रकमलाई बिनीयोजन गरिएको उहाँले बताउनुभयो ।
यस अघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले समृद्ध मोदी गाउँपालिका निर्माण गर्ने संकल्प स्वरुप आगामी आर्थिक वर्षको कार्यक्रम र बजेटलाई केन्द्रीत गरिएको बताउनुभयो ।
पालिकाले आगामी आर्थिक वर्षमा बाली संरक्षण गर्ने योजना अनुरुप छाडा पशु चौपाया र जंगली जनावरवाट हुने ालीनालीको नोक्सानी नियन्त्रण अभियान थाल्ने भएको छ । अल्पकालीन, मध्यकालीन र दिर्घकालीन कृषि योजना निर्माण गर्ने, गाउँ पालिकाभित्र उत्पादन हुने टिमुर, सिल्टिमुर, सिस्नो, सिलाम, निउरो, सिन्कि, टुसा, भाँगो, आलु, कोदो, कागुनो, फापर र जौ लगायतका स्थानीय उत्पादनको संरक्षण र ब्राण्डिङ गर्ने योजना समेत अिघ सारेको छ । त्यस्तै मोदी गाउँपालिका स्तरीय कोल्डरुम संचालन गर्ने, कृषि योग्य जमिन बाँझो रहन नदिनका लागि फलफुल नर्सरी, र विउविजन उत्पादन गर्ने, अल्लो प्रशोन उद्योग स्थापना गर्ने, दिदीबहीनसँग अध्यक्ष कार्यक्रम पालिका भित्रका गुरुङ तथा मगर बस्तीलाई पर्यटकीय हबको रुपमा विकास गर्ने योजना समेत अध्यक्ष शर्माले घोषणा गर्नुभएको छ ।
नीति तथा कार्यक्रममा पालिका भित्र रहेका ढुंगा कटिङ उद्योग, ढुंगा र काठजन्य उद्योगलाई व्यवस्थि तगर्ने, सफा विद्यालय परिसर उपाध्यक्ष अन्तरक्रिया कार्यक्रम, सिक्दै कमाउँदै, पढ्दै रमाउँदै कार्यक्रम, सुत्केरीसँग अध्यक्ष कार्यक्रम, विद्यालय तह वा कक्षा मर्ज कार्यक्रम लगायतका योजना पनि समेटिएको छ । त्यसैगरी मेरो स्वास्थ्य मेरो जिम्मेवारी, खेल र खेलाडी मार्फत मोदीको पहिचान, नागरिकसँग गाउँपालिका, गाउँपालिकासँग नागरिक कार्यक्रम लगायतका कार्यक्रम घोषणा गरिएको छ ।
मोदी गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र भौतिक विकासका लागि आगामी बजेटलाई बिनीयोजन गरिएको अध्यक्ष शर्माले बताउनुभयो । नीति तथा कार्यक्रम सर्वसम्मतीमा पारित गरिएको छ भने बजेट आवश्यक छलफल र परामर्शपछि पारित गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज