गण्डकी प्रदेशमै नयाँ मानिएको “हस्पिटालिटी एण्ड टुरिज्म” विषयको पढाई पर्वतमा

पर्वत ,२८

शैक्षिक गुणस्तरका दृष्टिकोणले धौलागिरिमै उत्कृष्ट नतिजा ल्याउँदै आएको आदर्श अंग्रेजी आवासीय मावि कुश्माले नयाँ शैक्षिक सत्रसँगै कक्षा ११ मा गण्डकी प्रदेशमै नयाँ विषय मानिएको हस्पिटालिटी एण्ड टुरिजम विषयको अध्यापन गराउने भएको छ ।
पर्वत पछिल्लो समय पर्यटनको दृष्टिले चर्चा बटुल्दै गरेका बेला सोही कुरालाई मध्यनजर गर्दै यहाँको एक बिद्यालयले नयाँ विषय पढाउने भएको हो ।
पर्वतमा रहेका अग्ला लामा पुलहरु साथै बन्जी , जिपलाईन र ठुला ठुला होटल रहेका कारण त्यस्लाई सघाउ पुगोस भन्ने उद्देश्यले हस्पिटालिटी म्यानेजमेन्ट विषयमा अध्यापन गराउने स्वीकृति लिएको जानकारी गराएको छ ।
यस क्षेत्रको एक मात्र आइएसओ अवार्ड तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय बेन्चमार्क प्राप्त गरेको उक्त विद्यालयमा होटल तथा पर्यटन, कक्षा ११ र १२ सँग सम्बन्धित सङ्घ संस्था, स्विस मान्यता प्राप्त अन्तर्राष्ट्रिय गेट कलेज, अन्तर्राष्ट्रिय होटल मेभिलियन तथा स्थानीय होटल ‘दि क्लिफ नेपाल’ लगायतको सहकार्यमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषयमा कक्षा ११ बाट अध्यापन गर्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले बताउनुभयो।
अनिवार्य विषयतर्फ ‘अङ्ग्रेजी’, ‘नेपाली’ र ‘सामाजिक तथा मानव मूल्य शिक्षा’ तथा मुख्य विषयतर्फ ‘हस्पिटालिटी म्यानेजमेन्ट’, ‘टुरिजम एन्ड माउन्टेनरीङ’ र ‘बिजनेस स्टडीज’ राखिएको छ। ‘नन क्रेडिट’ विषयतर्फ ‘मानव मूल्य’ र ‘कम्प्युटर’ राखेर अध्यापन गरिने उहाँको भनाइ छ।
विद्यालयले विहिवार विद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले विद्यालयको आजसम्मको शैक्षिक अवस्था र आगामी कार्यदिशाको वारेमा जानकारी गराउनुभएको थियो ।
‘जिल्लाभित्र र जिल्ला बाहिरका कलेज तथा स्तरीय होटलहरूमा लगेर प्रयोगात्मक रूपमा विद्यार्थीलाई अध्यापन गराउने गरी तयारी गरिरहेका छौँ। यो अध्यापनले पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङ तथा नजिकै रहेको पोखरामा आवश्यक पर्ने जनशक्ति उत्पादन हुनेछन्’, प्रधानाध्यापक क्षेत्री भन्नुभयो, ‘सम्बन्धित कुराहरू अध्ययन नै गरेर आएको व्यक्तिबाट प्राप्त हुने हस्पिटालिटी अनुभवको आधारमा मात्रै काम गरिरहेकाहरूको भन्दा स्तरीय हुन्छ। यस क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन तथा उनीहरूको लागि आनन्ददायी वातावरण निर्माणको लागि पनि यो अध्यापन आवश्यक थियो।’
आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजारका रिसोर्ट तथा होटलहरुमा दक्ष जनशक्तिको आवश्यकता छ। यो क्षेत्रमा होटल व्यवस्थापनको अध्यापन नहुने भएकाले पनि सबै होटलहरुमा यसबारेमा अध्ययन गरेको जनशक्ति जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ।
जिल्लामा विकास भइरहेका पर्यटकीय गतिविधि र उनीहरूको बसाई लम्बिँदै जान थालेको अवस्थामा जिल्लामा नै पहिलो पटक ‘हस्पीटालिटी स्कुल’ बनाउन थालिएको छ। सीपमूलक र आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार पारेर उनीहरूलाई जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा रोजगारी दिने उद्देश्यले कुश्माको आदर्श अङ्ग्रेजी आवासीय माबिले आफूलाई ‘युनिक एन्ड स्मार्ट हस्पिटालिटी स्कुल’ का रूपमा प्रस्ताव गरेको छ।
यो बिसयको अध्ययन पश्चात् विद्यार्थीहरु वैदेशिक रोजगारीमा जादा पनि उनिहरुलाई बिदेशमा आफ्नो दक्षता अनुसारको काम पाउने हुनाले पनि यो विषयको पढाइ आवश्यक रहेको शिक्षकहरुको बुझाई छ ।भिडियोमा👇️

https://www.facebook.com/share/v/ewxhiw4yWEmF8gpn/?mibextid=oFDknk

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज