निःशुल्क वितरण गरिएको खानाले फोहोर गरेको भन्दै खुल्ला मञ्चमा खाना नखुवाउन महानगरको निर्देशन

हाम्राेप्रयास । कोरोना महामारीको समयमा विचल्लीमा परेका श्रमिक, घर जान नपनएका र गरिब असहाय व्यक्तिहरुलाई काठमाण्डौको खुल्लामञ्चमा वितरण गरिदै आएको खाना अब बाट वितरण नगर्न काठमाण्डौ महानगरपालिकाले निर्देशन गरेको छ ।

निःशुल्क वितरण गरिएको खानाले सार्वजनिक स्थानमा फोहोर बढाएको भन्दै खाना वितरण नगर्न महानगरले निर्देशन दिएको हो ।

विगत लामो समयदेखि ‘हन्ड्रेड्स ग्रुप्स’ले कोरोनाका कारण समस्यामा परेकालाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको छ ।  निःशुल्क खाना वितरण अभियान नेतृत्व गरिरहेका अन्शु यादवलाई फोन गरेर आजदेखि खाना नबाँड्न भनेको बताइएको छ ।

सोमबारका लागि वितरण गर्ने खाना पाकिसकेको र फ्याँक्न नमिल्ने भएकाले वितरण गर्न दिन अनुरोध गर्दा सिडियो कार्यालयबाट निर्देशन आएकोले बन्द गर्नुपर्ने बताएको यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज