यि कारणले नेकपा फुट्दैन

यतिखेर राजनीतिक बजारमा सत्तारुढ नेकपा फुट्न सक्ने गर्मागर्मी चर्चा छ । फुट्ला फुट्लात्यो बिषयलाई एकक्षण तपसीलमा राखौं । पार्टीभित्रको जटिलता निक्कै अप्ठ्यारो मोडमा पुगेको भने सबैजसो नेताहरुले स्वीकार गरेका छन् । प्रधानमन्त्री ओली निकटस्थ पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ट्वीट र फेसबुक स्टाटसले ओली पक्षको अनुभूतिलाई सार्वजनिक गर्दछ । पौडेलले ‘पार्टीको एकीकृत र अविभाज्य अस्तित्वसामु गम्भीर संकट उत्पन्न’ भएको भन्दै एकताको पक्षमा भूमिका गर्न सबैसँग आग्रह गरेका छन् ।

ओली इत्तर पक्षका अभिव्यक्तिहरु सार्वजनिक भइरहेकै छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको ट्वीट त्यसको प्रमाणिकताको आधार हो । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले ओली बाहेकका महत्वपूर्ण शीर्ष नेताहरु सामु गरेको ब्रिफिङ सार्वजनिक भइसकेकै छ ।

यो स्थितिमा नेकपापङ्क्ति भित्र र बाहिर दुवैतिरबाट विभिन्न प्रतिक्रिया आइरहेका छन् । तरसमग्र स्थितिलाई हेर्दा नेकपा फुटिहाल्ला भन्ने विश्वास गर्न सकिन्न ।

पहिलो कारण– पार्टी फुटका लागि विद्यमान जटिल संवैधानिक तथा कानुनी व्यवस्था हो । अहिलेको व्यवस्था अनुसार फुट्न चाहने पक्षले पार्टी संसदीय दल र केन्द्रीय समिति दुवैतिर न्युनतम् ४० प्रतिशत सङ्ख्या पुर्‍याउनु पर्दछ । यो काम कसैका लागि पनि सजिलो छैन ।

यही अप्ठ्यारोलाई सहज बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख ८ गते दल विभाजन सहज बनाउने अध्यादेश ल्याएका थिए । तरत्यो अध्यादेश फिर्ता भइसकेको छ । अध्यादेश फिर्ता नभएपनि ६ महिनाभन्दा बढी त्यसको वैधानिकता कायम रहँदैन । विद्यमान संसदीय संचरनामा त्यस्तो अध्यादेश कानूनको रुपमा अनुमोदन हुन सजिलो छैन ।

दोस्रो कारण– दल विभाजनपछि कुनै एक पक्षको चुनावी नतिजा नेपालमा राम्रो रहने गरेको छैन । दल विभाजनपछि कुनै एउटा विशेषतः त्यो पक्ष जससँग विभाजित हुँदा बहुमत हुँदैन र पार्टी चुनाव चिन्ह पाउँदैनत्यो कमजोर हुनुपर्ने हुन्छ । बारम्बार पुष्टि भएको यो नियति भोग्न सायद कुनै पनि नेता तयार छैनन् ।

तेस्रो कारण– वर्तमान नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीको प्रष्ट सीमारेखा छैन । रामबहादुर थापा बादललेखराज भट्टहरिबोल गजुरेलटोपबहादुर रायमाझीप्रभु शाहजस्ता पूर्वमाओवादी हस्तीहरु ओली निकट भइसकेको बताइन्छ । अर्कोतिर प्रचण्डले माधव नेपालझलनाथ खनालवामदेव गौतमजस्ता प्रभावशाली पूर्वएमालेहरुको साथ लिन खोजिरहेका छन् । यो नयाँ ध्रुवीकरणले पार्टी विभाजन प्रक्रियालाई असहज बनाउँछ । नेपालखनालगौतम तहका नेताहरु अहिले नै प्रचण्डको पछि लागेर पार्टी फोड्न राजी होलान् भनेर पत्याउने आधार छैनन् ।

चौथो कारण– ओली आफ्नो स्थितिलाई नबुझ्ने नेता हैनन् । दोस्रो पटक मृगौला प्रत्यारोपण सफल भएपछि उनमा नयाँ चरणको महत्वाकांक्षा पलाएको छ । उनी आफैं अहिले पार्टीको प्रथम अध्यक्ष र प्रधानमन्त्री छन् । यी दुवै पदबाट उनलाई बेदखली गर्ने क्षमता प्रचण्ड पक्षसँग देखिन्न । पार्टीको सबै बैधानिक अधिकार र हालीमुहाली आफैंसँग भएको वेला ओली आफैंले ४० प्रतिशतको प्रावधानअनुरुप पार्टी फुटाउने तर्क प्रासङ्गिक हुँदैन । ओलीले यही पार्टीभित्र अझै आफ्नो शक्ति बढाउने र इतर पक्षलाई निरिह सावित गरी पार्टी र सरकार चलाउन सक्ने सम्भावना छउनले पार्टी किन फुटाउनु पर्‍यो !

पाँचौं कारण– माधवझलनाथ र वामदेवले फुटाउन साथ दिने सम्भावना हुँदैनत्यसको अभावमा प्रचण्डले चाहेर पनि एक्लै दुवैतिर ४० प्रतिशत पुर्‍याउन सक्दैनन् । तसर्थ जतिसुकै जटिल क्षणबाट गुज्रिए पनि नेकपा फुट्ने आधार छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज