बंगलादेशले पैचोमा मल नदिने

बंगलादेशले पैचोमा दिने भनेको ५० हजार मेट्रिकटन रसायनिक मल नदिने भएको छ ।

धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेपछि सरकारले बंगलादेशसँग मल पैँचो मागेको थियो । भदौको दोस्रो हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीे बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग मल पैँचो को विषयमा टेलिफोन वार्ता गरेका थिए ।उक्त कुराकानीमा बंगलादेशले मल पैँचो दिने मौखिक सहमती भएको थियो ।

पैँचोमा दिने भनेको  मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशबाट ल्याउने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बंगलादेशले अहिले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज