कांग्रेस नेता एवं संविधानसभा सदस्य केसीकाे निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको  ६३ वर्षको उमेरमा निधन भएको छ। ​

पोखरास्थित आफ्नै घरमा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए। पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका केसी तीन वर्ष अघिको प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। उनी समानुपातिकबाट सांसद बनेका हुन्।

पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका केसी नेपालकै सफल उद्योगी पनि हुन्।  प्रख्यात रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापारका सफल व्यवसायी केसीले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिँदै आएका थिए। उनकै कम्पनी रारा चाउचाउले प्रायोजन गर्ने आहारा गोल्डकप पोखरामा मात्रै नभई देशविदेशमा पनि चर्चित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज