नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या घट्दै गएको छ । नयँ संक्रमित हुने संख्या भन्दा संक्रमण मुक्त हुनेहरुको संख्या बढे पछि सक्रिय संक्रमित संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। कुल १ लाख ७९ हजार ६ सय १४ संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । जुन ७८ दशमलव ५७ प्रतिशत हो।
यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । मंगलबार थप २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको हो । मंगलबार देशभर थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ सय ४० जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३ सय ७२ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।