पछिल्लो समायमा युट्युभ, फेसबूक लगायतका समाजिक सञ्जालमा आफ्नो अभिव्यक्ती दिएर चर्चा र विवादमा आएका पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणेको औपचारिक नेपाल भ्रमणको समयमा नरभणेलाई कालो झण्डाले स्वागत गर्ने अभिव्यक्ती दिएपछि गौतमलाई पक्राउ गरिएको हो ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको छ
भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् । गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।