हाम्राे प्रयास । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले बुढी गण्डकी अायाेजनामा भ्रटाचार गरेकाे भन्ने अाराेपकाे खण्डन गर्दै प्रधानमन्त्री केपी शर्मा अाेलीले उक्त अाराेपमा कुनै सत्यता नभएकाे अभिव्यक्ति िदएका छन् ।
शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भट्टराईले लगाएको आरोपको खण्डन गरेका हुन् ।
बाबुरामले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौ घुस लिएको आरोप लगाएका थिए । यो आरोपका सम्बन्धमा पहिलो पटक बोल्दै ओलीले गलत सूचनाको प्रचार भएको बताएका हुन् ।बाबुरामको नाम नलिइकन प्रधानमन्त्री ओलीले यसलाई गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिए ।
‘नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिका साथ अगाडि बढेको छ । हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु’, पूर्वप्रधानमन्त्री बाबुरामप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा निर्णय नभएको, कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको कुरोमा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन् ।’
उनले देश र जनतलाई गलत सूचना दिएर, भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्नेसमेत बताए । ‘अभिव्यत्ति एउटा कुरा हो । तर, हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ । देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने हर्कत हामी गर्दैनौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अगाडि बढ्छौँ ।’