दशैँमा वितरण गरिने भत्ताले भेन्टिलेटर किनौः सांसद शर्मा

हाम्राेप्रयास । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद जनार्दन शर्मा प्रभाकरले कोरोना महामारीको अवस्थामा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् ।

‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं’ – उनले भने

त्यस्तै उनले सङ्घीय संसद् सचिवालयबाट आफुले पाएको भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताएका छन् ।

ट्वीटरमा उनले दशै भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज