एसएसपी लाई धम्की दिएको आरोपमा विप्लव समुहकी जिल्ला सेक्रेटरी पक्राउ

ललितपुर प्रहरी प्रमुख एसएसपी टेक बहादुर राईलाई धम्की दिने विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कि ललितपुर जिल्ला सेक्रेटरी सबिता अधिकारी रेग्मी(विदुषी) लाई प्रहरीले पक्राउ गरेको छ । विदुषीले गत जेठ ३१ गते एक बिज्ञप्ती जारी गर्दै एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन ।

उनले अनावश्यक खानतलासी गरेको र घरघरैबाट धरपकड गरेर शारीरिक तथा मानसिक यातना दिएकाले यस्ता कार्य तुरुन्त रोक्नुपर्ने बताएकी थिइन्। उनले जनताको सामान्य नागरिक भएर बाच्ने अधिकार हनन गरेको, चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको, स्वतन्त्र हिँडडुल गर्न नदिएको आरोप लगाएकी थिइन्।

उक्त विज्ञप्ति जारी भएको पाँच महिनापछि उनी पक्राउ परेको राईले पुष्टि गरेका छन्। शनिबार बेलुका मङलबजारबाट पक्राउ गरेका छौ’ राईले अन्नपूर्णसँग भने, ‘कडा निर्देशन जारी भएदेखि निगरानी गरेका थियौँ ।’

गत जेठमा गाभाहलबाट एक व्यक्ति पक्राउ परेका थिए।उनको साथबाट ठूलो मात्रामा विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको थियो।राईले उक्त कामलाइ प्रहरीले गरेको ठूलो उपलब्धि मानेको बताएका छन्।

विदुषाी काे साथबाट बरामत गरिएका सामाग्री

बेला बेलामा भित्ताहरुमा लेख्ने, पम्प्लेट तथा पर्चा छर्दै आएका विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरेको ललितपुर प्रहरीले बिदुसीको बयान लिने तथा अनुसन्धान गर्ने काम निरन्तर गरिरहेको एसएसपी राईले जनाए।

उनको विस्फोटक पदार्थ सम्बन्धी मुद्दा  विचाराधीन अवस्थामा रहेको छ।उनको साथबाट ल्यापटप, विभिन्न खालका मोबाईल सेट र सीमकार्डहरु प्रहरीले बरामद गरेको छ। महामारीको नाममा भ्रस्टाचार बन्द गर्न, नागरिकलाई निशुल्क स्वास्थ जाँच, उपचारको व्यवस्था गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाले शनिबार कोणसभा गर्ने कार्यक्रम रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज