गणेश पौडेल
असार २०,पर्वत
कृषि तथा यसको आधुनिकीकरण र यान्त्रिकिकरणको क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले
कृषकहरुको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि प्रवकारी भुमिका खेलेको देखिएको छ ।
यस क्षेत्रमा निर्वाहमुखी कृषी पेसा गरिरहेका कृषकहरुलाई ब्यवसायीकता तर्फ उन्मुख गराउने लक्ष राखि परियोजनाले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएपछि यस्तो प्रभावकारीता देखिएको हो ।
परियोजनाले सुपर जोन , जोन, व्लक र पकेट क्षेत्र अन्र्तगत विभिन्न कृषक समुह, कृषि सहकारी र नीजि उद्यममा रहेका कृषकहरु लाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको परियोजना कार्यन्वयन ईकाइ कार्यालय बाग्लुङका प्रमुख नारायाण पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७३÷७४ देखि पर्वत जिल्लामा मकै तथा मकैको बीउको व्यवसायीक उत्पादन तथा प्रशोधन केन्द्र विकास गर्नका लागि फलेवास नगरपालिका, बिहादि गाँउपलिका, जलजला गाउँपालिका तथा महाशिला गाँउपालिकाका सम्पुर्ण वडाहरु समावेस गरि कार्यक्रम सञ्चालन गरिएको साथै आर्थिक वर्ष ०७८/७९ देखि पर्वत जिल्लामा तरकारी जोन समेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो । यस परियोजना अन्र्तगत धान जोनको रुपमा कुश्मा नगरपालिकाका सम्पुर्ण वडाहरु तथा मोदि गाँउपालिकाका केही वडाहरु समेटि जोन क्षेत्र निर्धारण गरि कार्यक्रम सञ्चालन गरि त्यसको प्रभावकारी कार्यन्वयन भएको समेत पौडेलले जानकारी दिनुभयो ।
यसका अलावा बागलुङ जिल्लाका विभिन्न पालिकाहरुमा आलु र बाख्रा जोनको कार्यक्रम संचालन भइरहेको परियोजनाको कार्यान्वयन इकाई बागलुङ र परियोजना कार्यान्वयन इकाई पर्वत गाभिएर एउटै कार्यालयको रुपमा अहिले प्रशासनिक इकाई बागलुङ जिल्लामा रहेको उहाँले बताउनुभयो । सोही अनुसार जोन प्राविधिक इकाई पर्वतमा स्थापना गरी धान जोन र मकै जोनको कार्यक्रम संचालनमा सहजीकरण गरिरहेको समेत प्रमुख पौडेलले बताउनुभयो ।
यसै सन्दर्भमा हामीले परियोजना सञ्चालन भईरहेका क्षेत्रमै पुगेर त्यहाँका जनप्रतिनिधी साथै अगुवा कृषकहरुलाई यसको प्रभाकारीता र परियोजना सञ्चालन भएपछी कृषक र कृषी क्षेत्रमा आएको परिवर्तन साथै थप प्रभावकारीताका विषयमा अव के गर्नुपर्ला भनेर सोधेका थियौं । हेरौं उहाँहरुको प्रतिकृया जस्ताको तस्तै ।
https://www.facebook.com/share/v/REw97iQianjzpk54/?mibextid=oFDknk
https://www.facebook.com/share/v/B31rZbyJuC3Qk3LY/?mibextid=oFDknk
