जग्गा हेर्ने बहानामा लुटपाट पछि हत्या गरेकाे अभियाेगमा ३ जना पक्राउ

हाम्राे प्रयास ।   भक्तपुरका चन्द्रकुमार योञ्जनलाइ जग्गा हेर्ने बहानामा लुटपाट पछि हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् । । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरु बताउँछन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता हत्या भएको थियो । गत बुधबार अपरान्ह करिब ४ बजेतिर घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए ।

जग्गा किन्ने बहाना बनाएर आएकाहरुले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज