लुम्बिनी प्रदेशमा मात्र कुल संक्रमित मध्ये १२.१० प्रतिशत संक्रमित

 हाम्राे प्रयास ।   केही दिनयता लुम्बिनी प्रदेशमा दैनिक तीन सयको हाराहारीमा काेराेनाकाे संक्रमण बढिरहेकाे छ  ।

नेपालभर कूल संक्रमितको १२.१० प्रतिशत लुम्बिनीमा संक्रमित पहिचान भएका छन्। जसमध्ये हालसम्म १० हजार ३१२ संक्रमित निको भइसकेका छन् भने अझै तीन हजार ११५ संक्रमित आइसोलेसनमा छन्।

१०९ जनाको संक्रमितको मृत्यु भइसकेको लुम्बिनीमा संक्रमितको उपचारमा खटिँदै गर्दा ४०८ जना स्वास्थ्य कर्मीहरु पनि संक्रमित भएका छन्। संक्रमित मध्ये ८४ जना अझै पनि आइसोलेसनमै रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांकमा उल्लेख छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज