महिलाहिंसा नियन्त्रण गर्न सेफ्टी पिन अपरेशन सुरू, महानगरीय प्रहरी कार्यालयद्वारा सादा पोशाकमा प्रहरी परिचालन

हाम्राे प्रयास । चाडपर्व नजिकिए सगै भिडभाड बढी हुने  ठाउँमा हुनसक्ने यौनजन्य हिंसा, पाकेटमार र लुटपाट नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

तेस्तै महिलामाथि हुनसक्ने हिंसा रोक्नसेफ्टी पिन अपरेशन सुरू गरिएकाे छ ।’सार्वजनिक गाडीमा हुने हिंसा रोक्न ०७३ देखि महानगरीय प्रहरी कार्यालय रानिपोखरीले शुरु गरेको सो अपरेशन लकडाउनको समयमा रोकिएको थियो ।

भिडभाड कम भएकाले लकडाउनपछि रोकिएको अपरेशन १५ असोजबाट फेरि शुरु गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय, महिला तथा बालवालिका शाखाकी प्रहरी निरीक्षक इन्सपेक्टर हेमा थोकरको कमाण्डमा खटिने अपरेशन टिमले असोज १५ पछि ५७ जना शंकास्पदलाई पक्राउ गरेको छ । लैंङ्गिक हिंसा नियन्त्रण तथा पिडित उद्धार घुम्ति प्रहरी मोवाईल भ्यान मार्फत सेफ्टी पिन अपरेशन टिम परिचालित हुन्छन् ।

काठमाडौँ उपत्यकामा सेफ्टी पिन अन्तर्गत बढी भिड हुने सार्वजनिक ठाउँमा १५ वटा टिम खटिन्छन् । महिला हिंसाका घटना नियन्त्रण मुख्य लक्ष्य भएपनि चाडपर्वमा हुनसक्ने पाकेटमारी, लागु औषध कारोबार र भाडा धेरै लिनेलाई पनि सेफ्टी पिन अपरेशनमा खटिने प्रहरीले पक्रेर कानुनी दायरामा ल्याउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज