हाम्राे प्रयास । केएमसी अस्पतालमा उपचारत सोलुखुम्बु घर भएका रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । आइतबार मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो । आमा औषधि लिन गएको बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए ।
उनी नयाँ बानेश्वरमा डेरा गरी बस्ने युवा भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार उनको आजै बिहान मृत्यु भएको हो ।
आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन ।