श्रीमानद्वारा श्रीमतीकाे हत्या

हाम्रो प्रयास। झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ। आइतबार राति साढे ६ बजे मेची नगरपालिका ४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हानेका थिए।

मुड्कीले हानेर घाइते बनाएकको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो तर त्यहाँ पुग्दा श्रीमतीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

उनीहरूबीच विवाद हुँदा श्रीमतीलाई हानेको भनिएको छ,डिएसपी थापाले भने,के विवाद थियो भन्ने पूर्ण विवरण खुलिसकेको छैन।

प्रहरीले उनका श्रीमान् पर्वत राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज