हाम्राे प्रयास । सामाखुसीमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसी चोकस्थित चक्रपथ सडकखण्डमा गाडीले पैदल यात्रुलाई ठक्कर दिएको थियो।
ना ६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट झापा पंचगाक्षी गाँउपालिका ४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो।
गाडीले ठक्कर दिँदा घाइते भएका ताजपुरीयाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
उनलाई गोङगबुको विनायक अस्पतालमा लगिएको थियो भने पछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको थियो।
प्रहरीले गाडीका चालक मकवानपुर थाहा नगरपालिका ७का ४० वर्षीय टिकालाल स्याङतानलाई नियन्त्रणमा लिएको छ।