हाम्राे प्रयास । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ ।बेलौती खान जाँदा अरिंगालको टोकाईबाट बालिकाका घाईते भएकी थिईन ।
मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन् । प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा उपचार गर्दा गर्दै बालिकाको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले जनाएको छ । बालिका श्री कृष्ण उमावि कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।
बालिकाकासँगै आमा बेलधरा विक, मृतकका भाई खेमराज, अनितालाई समेत टोकेको मृतक काका गगनबहादुर विकले बताए । खेमराज, अनिता, बेलधराको उपचारपछि सञ्चो भई घर फर्किएका छन् ।