नेपालमा हरदिन औसतमा ६ वटा बलात्कारका घटना

हाम्राे प्रयास ।नेपालमा प्रत्येक दिन औसतमा ६ वटा बलात्कारका घटना भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो दुई वर्षको तथ्याङ्‍कअनुसार प्रतिदिन ६ वटा बलात्कारका घटना हुने गरेको पाइएको हो ।

प्रहरीले अधिकांश बलात्कारका घटनामा सफलता पाएको पनि छ । तर पछिल्लो दुई वर्षमा बलात्कारका घटनामा अभियुक्तसम्म पुग्‍न नसकेको घटना निर्मला पन्त हत्या प्रकरण नै हो । बलात्कारका घटनामा सबैभन्दा पीडित ११ देखि १६ वर्षमुनिका बालिका भएको पाइएको छ । यो डरलाग्दो तथ्याङ्‍क हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज