हाम्राे प्रयास ।कोरोना संक्रमणबाट बिरामी भएका संविधानसभा सदस्य मानपुर चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।
चौधरी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उनी सप्तरी क्षेत्र नं. १ बाट निर्वाचित थिए । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।
ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीले श्वास फेर्न गाह्रो भएपछि कोरोना परीक्षण गराएका थिए । सातामा दुईपटक कोरोना परीक्षण गर्दा दोस्रोपटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । अवस्था नाजुक बन्दै गएपछि असोजको तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएपछि उनलाई कोरोना पोजेटिभ देखिएको हो ।