पातली डन’ सार्वजनिक, दीपिका पौडेलको स्वरमा नयाँ लोकगीत बजारमा

लोकगायिका दीपिका पौडेलको नयाँ लोकगीत ‘पातली डन’ सार्वजनिक भएको छ। प्रेम र मायाको कथामा आधारित उक्त गीत तीन दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको हो। लामो समयदेखि नेपाली लोकसङ्गीत क्षेत्रमा सक्रिय रहँदै संघर्ष गरिरहेकी गायिका पौडेलले यस वर्षको आफ्नो नयाँ प्रस्तुति श्रोतामाझ ल्याएकी हुन्।

पर्वत जिल्लाको मोदी गाउँपालिका–राम्जामा जन्मिएकी दीपिका पछिल्ला केही वर्षदेखि काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएकी छन्। गीतमा दीपिका पौडेलको एकल स्वर रहेको छ भने कृष्ण समीप सुवेदीले शब्द तथा संगीत सिर्जना गरेका छन्। गीतमा उनी स्वयं फिचरिङमा समेत देखिएका छन्।

गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन्। भिडियोमा सुरेश कोहली, जुना विश्वकर्मादीपिका पौडेलको अभिनय रहेको छ भने मेकअप सिता मगरले गरेकी छन्। माधव राउत उत्पादन व्यवस्थापक, कृष्ण दरलामी मगर सहायक कोरियोग्राफर, बुद्ध थापा छायाङ्कन, अमृत चापागाईं सम्पादन तथा रङ संयोजन र मुकेश नेपालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।

लोकलयमा आधारित ‘पातली डन’ले प्रेम, भावना र सम्बन्धका विविध पक्षलाई आकर्षक शैलीमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

‘पातली डन’ लोकगीत हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

सम्बन्धित समाचार

ताजा न्यूज