हाम्राे प्रयास । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा काठमाडौँ प्रहरीले फितलाे अनुसन्धान गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा २ जना प्रहरी निरीक्षक सदस्य रहेका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।
काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली, एसपी सोमेन्द्र सिंह राठौरु, डीएसपी देवी पौडेलविरुद्व प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्री समक्ष उजुरी परेको छ । स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशिष पौडेलले उजुरी हालेका हुन् ।
सर्वोच्च अदालतको आदेशविरुद्ध हतारमा उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा एसएसपी ज्ञवालीले ‘यो सामान्य विषय हो, उजुरीकर्ता आफै थाक्छन्’ भनेर हल्का रुपमा लिएपछि अहिले सो विषय विवादास्पद बनेको हो ।