बडादशैँको दोश्रो दिन आज घरघरमा ब्रह्मचारिणीको पुजा गरि मनाइदै

हाम्राेप्रयास । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ(विजयादशमी) हिजो बाट शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदा का दिन देखी कोजाग्रत पुर्णिमा सम्म १५ दिन मनाइने दशैँ को आज दोश्रो दिन घरघरमा माता ब्रह्मचारिणीको पुजा आराधना गरि मनाइदै छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ ।

शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि नारदको सल्लाहमा भगवान महादेवलाई पतिको रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् । हजारौँ वर्षको कठोर तपस्यापछि उनको नाम तपश्चारिणी (ब्रह्मचारिणी) नाम रहन गएको थियो ।

माता ब्रह्मचारिणीले जीवनमा बिना परिश्रम, तपस्या सफलता प्राप्त गर्न असम्भव हुन्छ भन्ने सन्देश दिन्छिन् । बिना परिश्रम सफलता प्राप्त गर्नु भगवान्को नियमविपरित हुने धर्ममा उल्लेख छ ।

त्यसैले, ब्रह्मशक्ति अर्थात कडा परिश्रम गर्नुपर्छ भन्ने कुराको स्मरण गर्नुपर्छ । योग–शास्त्रमा यो स्वाधिष्ठानमा रहन्छ । जसले कठोर परिश्रम गर्छ । त्यही व्यक्ति बलवान र सर्वत्र पुजिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज