पर्वत,२२
पर्वतको कुश्मा बजारमा आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अव पनि एमाले,माओवादी र काग्रेसको पछि लागेर आफ्नो मात्रै नभई भावि सन्ततीको समेत भविष्य संकटमा पार्न सहभागी हुन नहुने बताउनुभएको छ ।
कुश्माको एक पार्टि प्यालेसमा राप्रपा जिल्ला कार्य समिति पर्वतले मंगलबार आयोजना गरेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीमा आप्mना कार्यकर्ता र आफ्ना मात्रै देख्ने काम बाहेक कुनै देश विकासको लागि दृष्टिकोण नभएको बताउनुभयो ।
लिङ्देनले तीन ठुला दलले मुलुकलाई ३२ वर्षमा खोक्रो बनाएको र अव पनि जनताले यीनै लाई भोट दिएर जिताउनु भनेको देशलाई संकटमा लान प्रोत्साहन गर्नु जत्तिकै भएको बताउनुभयो । लिङ्देन भन्नुहुन्छ्,‘काँग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र मुलुकलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाए आगामी तीन तहको निर्वाचनमा ती दललाई भोट दिनु नेपालीहरुको ठुलो गल्ती हुने छ ।’
अध्यक्ष लिङ्देनले काँग्रेस, एमाले र माओवादी एक अर्काका विकल्प नभएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नै मुलुकको बैकल्पिक राजनीतिक शक्ति भएको र सवै नेपालि जनताको यसैमा भविष्य उज्ज्वल रहेको बताउनुभयो ।
मुलुकमा अहिले सम्म यीनै दलले साशन गरे तर खै देशलाई के दिए ? त्यसैले ती ठुला भनिएका दलवाट मुलुकको समृद्धि सम्भव नभएको भनाई उहाँको छ ।
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बिजयी भएमा कक्षा १२ सम्म निशुल्क रुपमा शिक्षा उपलब्ध, घरमै पुगेर बृद्धबृद्धाको स्वास्थ्यको निशुल्क जाँच, यातायात ,सहजसडक र भ्रष्टाचार शुन्य बनाइने प्रतिबद्धता समेत अध्यक्ष लिङ्देनले गर्दै आसन्न निवाचर्नमा राप्रपालाई जिताउन आग्रह समेत गर्नुभयो ।