पर्वत,२१
देशैभर बिभिन्न कार्यक्रमहरु गर्दै आएको सामाजिक संस्था टिम नेपोले पर्वतमा पनि निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन गर्ने भएको छ । पछिल्लो समयमा महिला,पुरुष र बालबालीकामा देखिएका बिभिन्न रोगहरु उपचार गरेर स्वास्थ्यलाई सन्तुलित अवस्थामा राख्न सहयोग पुगोस भन्ने मनसायका साथ यो शिविरको आयोजना गरिएको टिप नेपो पर्वतका अध्यक्ष अन्जली पौडेलले जानाकारी दिइन् । उनी भन्छिन् , ” पहिला सर्ने रोग धेरै थियो जस्ले धेरै मानिसले ज्यान गुमाउनु पर्थ्यो तर अहिले नसर्ने रोगहरु जस्तै मधुमेह ,उच्च रक्तचाप,महिलामा हुने समस्या साथै बढ्दो बालरोग छ, यसैलाई लाई मध्यनजर गर्दै विशेष गरि बृद्धबृद्दा, बालाबालिका र महिलालाई केन्द्रित गरेर यो शिविर संचालन गर्न लागेका छौ।” त्यसैले सम्पुर्ण लाई स्वास्थ्य लाभ लिन सहज होला भन्ने उद्धेश्यका साथ यो कार्यक्रम संचालन गर्न लागिएको छ ।’ यो शिविर बाट सवैले आफ्नो स्वास्थ्य परिक्षण गराएर मौकाको फाइदा उठाउन समेत अध्यक्ष पौडेलले आग्रह समेत गरिन् ।
यो शिविर यहि चैत्र २५र २६ गते कुश्मा नगरपालिकाको वार्ड नं. ९ मा रहेको श्री सार्वजनिक मावि कटुवाचौपारी ज्ञादीमा संचालन हुने टिम नेपो पर्वतले जनाएको छ । यस शिविर लाई सफल बनाउन विभिन्न संघ सस्था, डाक्टर र संचार माध्यम पञ्चासे एफएम र सचेत न्युज अन्लाइनले सहयोगी भुमिका खेलेका छन् । अन्य बिवरण यस प्रकार रहेको छ ।
सुवणर् अवसर । सुवणर् अवसर ।। सुवणर् अवसर ।।।
स्वास्थ्य शिविर जाउ विशेषज्ञ डाक्टरको सेवा अब घर दैलोमा लिउ ।
टिम नेपो पर्वत , बि.पी स्मृति स्वास्थ्य प्रतिष्ठान र वि.पी स्मृति अस्पताल, काठमाण्डौ को संयुक्त आयोजना र कुश्मा नगरपालिकाको सह-आयोजनामा हुन गइरहेको “बृहत निःशुल्क स्वास्थ्य शिविर२०७८“ को लाभ लिनुहुन सम्पूणर् बिरामीहरू लाई अनुरोध ।
मिति – २०७८- चैत्र २५ र २६
समय-बिहान ९ बजे देखी बेलुका ४ बजे सम्म
स्थान – श्री सार्वजनीक मा .वि कटुवा चौपारी कु.न.पा ०९
निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवाहरू
सामान्य रोग ,महिला तथा बाल रोग,हाडजोर्नी तथा नसा रोग ,छाला रोग ,मानसिक रोग ,
निःशुल्क औषधि वितरण
सहयोगीहरु
ग्यालेक्सी हस्पिटल ,उत्तमचोक पोखरा
पर्वत जिल्ला अस्पताल कुश्मा कामना सेवा विकास बैंक ,कुश्मा शाखा
मिडिया साझेदारहरू- पन्चासे एफएम १०२.८ मेघाहर्ज र सचेत न्युज अन्लाईन