पर्वतमा केपी ओलीले सम्बोधन गर्ने जनसभाको सम्पुर्ण तयारी पुरा

पर्वत, २५ चैत

नेकपा एमाले जिल्ला कमिटि पर्वतद्धारा आयोजना भएको वृहत जनसभाको तयारी पुरा भएको छ । तयारी पुरा भएसगैँ शुक्रबार पक्रकार सम्मेलन गरेर शनिवार हुने कार्यत्रमको बिषयमा जानाकारी दिएको छ ।

जनसभालाई सम्बोधन गर्नका लागि भोली दिउँसो १ बजे एमाले अध्यक्ष ओली पर्वत आउँदैछन् । हेली मार्फत ओली पर्वत आउने भएका हुन । एमालेले जनसभालाई विशेष बनाउने गरी तयारी भएको जनाएको छ । आमसभाको लागि सम्पुर्ण तयारी पुरा भए पश्चात युवा संघ पर्वतले सयौँको संख्यामा बाइक र्‍याली समेत गरेको छ ।

जनसभा अघि एमालेले कुश्मा बजारमा बृहत जनप्रदर्शन गर्नेछ । एमालेले जनप्रदर्शदलाई सभ्य र भब्य बनाउने गरी एमालेले कार्य योजना निर्माण गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । बृहत जनसभामा झाकि, नृत्य लगायतका थुप्रै संस्कृती झल्कने खालका प्रस्तुती समेत देखाइने एमाले पर्वतले जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य कल्पना चापागाई, केन्द्रिय सदस्य तथा सांसद पमद गिरी जिल्ला अध्यक्ष राजु पौडेलले जनसभा परिचालनको विषयमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा मुल ब्यवस्थापन समितिका संयोजक शिव पौडेलले हालसम्मको तयारीको बारेमा जानकारी गराएका थिए । जिल्ला भरका झण्डै २० हजार एमाले कार्यकर्ताहरु जनसभामा सहभागी हुने संयोजक पौडेलले बताए ।

जनसभाको लागि आवश्यक सवै समितिहरुले कार्य सम्पादन सकेको बताउँदै पौडेलले आम सभा एतिहासिक हुने दावी गरे । कुश्माको बान्द्रेबिडिमा हुने जनसभाको पत्रकार सम्मेलनको सञ्चालन ब्यवस्थापन समितिका सचिव सुवासचन्द्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज