कुस्मामा चलिरहेको महोत्सवमा शनिबार ज्योतिको प्रस्तुति रहने

पर्वत : राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा पर्वत  कुस्मा बजारको बडागाउँ चौरमा भइरहेको कृषि तथा पर्यटन प्रबन्धन  महोत्सवमा शनिबार अर्थात आज नवौ दिन  चर्चित लोक दोहोरी गायिका एबम मोडल ज्योती मगरले आफ्ना सांगितिक प्रस्तुतीहरु राख्ने भएकी छिन् ।
दर्शकहरुलाई मनोरञ्जन मार्फत झुमाउन सिपालु ज्योतीले आफ्ना लोकप्रिय  गीतहरु प्रस्तुत गर्ने भएकी छन् । हरेक ठाउँमा आयोजना गरिने महोत्सवमा दर्शकहरुका लागि ज्योती विशेष आकर्षणकी पात्र हुने गरेकी छन् ।                                 पर्वतमा हुने अन्य महोत्सवमा पनि बोलाइने गरिएकी ज्योतीका दर्शक पर्वत आसपासका क्षेत्रमा पनि उस्तै बाक्ला छन् । जुन महोत्सवमा उनको प्रस्तुती रहन्छ त्यहाँ दर्शकहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।आज साझ बडागाउँचौरमा दर्शकको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ । मुख्य गरि आजका कलाकारहरुमा ज्योति मगर,राजन कार्की र ज्योति लोहनिको प्रस्तुति रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज