मलेसियामा हुने प्रतिायोगिताका लागि महिला टिम घोषणा

काठमाडौं ।

महिला टिम एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि घोषणा भएको छ । आउँदो
असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
सिनियर टिमबाट राम्रो खेलिरहेकी हिरन्मई टिममा नपर्दा उनले पहिलो पटक टिममा मौका पाएकी हुन् । नेपाली महिला क्रिकेटमा उदयीमान लेगस्पिनर हिरन्मई आवश्यक कागजातको अभावमा जान नपाउने भएपछि उनको प्रतिस्थापनको लागि मनिषालाई टिममा राखिएको हो ।
प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेमा रावल र इश्वरी विष्ट टिममा पर्न सकेनन् ।
यू १९ महिला टिमबाट बायाँ हाते मिडियम पेस बलर मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् ।
नेपालको १५ सदस्यीय टोलीमा रुविना क्षेत्री, इन्दु बर्मा, ज्योति पाण्डे, सीता राना मगर, कविता कुँवर, अस्मिना कमचार्य, कविता जोशी, मनिषा उपाध्याय, डली भट्ट, बिन्दु रावल, संगिता राई, अप्सरी बेगम, काजल श्रेष्ठ, सवनम राई छन् ।

नेपाली महिला क्रिकेट टिमले आजसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतिायोगितामा सफलता प्राप्त गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज