पर्वत ,डिमुवा
पर्वतको मोदी गाउपालिका बाट दुई युवा लागुऔषध सेवन तथा बिक्रि बितरण मुद्धामा पक्राउ परेका छन् । गाउँपालिकाको वडा नं. ५ मोदीखेत बस्ने बिबेक प्रताप सिंह के.सी. र वडा नं. २ पातिचौर बस्ने ओमकार सुनार लाई बिशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
निजहरुलाई शंकास्पद रुपमा फेला पारी खानतलासी गर्दा उनीहरुको साथ बाट प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको प्रहरी टोलीले जेठ ३१ गते मंगबार अंग्रेजीमा CLONAZEPAM TABLETS USP 0.5 लेखेको १० पत्ता र अगँ्रेजीमा लेखेको TAPENTADOL TABLETS 100 mg लेखेको २ पत्ता लागू औषध फेला पारेकोे थियो ।
पक्राउ परेका केसि र सुनारलाई लागु औषध सम्बन्धी कसूर मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी सम्मानित पर्बत जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानाकारी दिनुभयो ।